२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

काठमाडौ । नेकपा माओवादीका पुर्व स्थायी कमिटीको बैठक खुमलटारमा सुरु भएको छ । जारी केन्द्रिय समितिको तेस्रो पुर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनु अघि र पदाधिकारी घोषणा गर्नु अघि पुर्व स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

Advertisement

पार्टीवाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा बिबादित भएपछि बुधवार पनि स्थगित भएको केन्द्रिय समिति बैठकवाट पदाधिकारी टुंगो लगाउने प्रयास स्वरुप बैठक बस्न लागिएको हरिबोल गजुरेलले जानकारी दिए ।

‘पदाधिकारी चयनका बिषयमा प्रारम्भिक कुराकानी भईसकेको छ, त्यसलाई निष्कर्षमा पु¥याउनका लागि आज पनि प्रयास जारी रहनेछ,’ गजुरेलले न्युज कारखानासँग भने, ‘सम्भवतः पदाधिकारी टुंगो गरेर केन्द्रिय समिति बैठक समापान गर्न लागि परेका छौं ।’ 

आइतवार देखी सुरु भएको बैठकको सुरुको दिनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सोही दिन प्रदेश र गैर भौगलिकवाट रिर्पोटिङ भएको । दोस्रो दिन केन्द्रिय सदस्यहरुले उक्त दुवै बिषयमा प्रश्न राखे पछि मंगलवार बस्ने गरी स्थगित बैठक त्यसपछि पदाधिकारी चयनका बिषयलाई लिएर आन्तरिक गृहकार्यका कारण दुई दिनसम्म बस्न सकेको थिएन । बैठक अपरान्ह १ बजे बस्दैछ ।

प्रतिकृया दिनुहोस्

Flash News

बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप