ताजा अपडेट »

आज राति लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

विहीबार, २३ असार २०७९, ०७ : ४१
6 Shares

काठमाण्डौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति सुदूरपश्चिम, बागमती, लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।