ताजा अपडेट »

दार्चुलामा तुइनबाट खसेर किशोर बेपत्ता

बुधबार, २२ असार २०७९, १८ : ५८
8 Shares

दार्चुला ।  दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक किशोर बेपत्ता भएका छन् ।

व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट महाकाली नदीमा खसेर १७ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् ।

भारत गर्वाधार बजारबाट समान लिएर घर फर्कने क्रममा दुम्लिङका १७ वर्षीय बुढाथोकी तुइन चुडिँदा महाकाली नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजी कार्य भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।