ताजा अपडेट »

अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार

बुधबार, २२ असार २०७९, १६ : २५
14 Shares

काठमाडौं । नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको मन्तव्य नसुनी प्रमुख प्रतिपक्ष दलले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्माले राजीनामा नदिएको भन्दै एमालेले संसद बैठक बहिस्कार गरेका हुन् ।

एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि समिति बनाई सकेकाले भन्दै रोष्ट्रममा उभिएर धारणा राख्न नपाउने बताए । ‘अर्थमन्त्रीमाथि संसदीय छानबिन समितिमा बनेको छ, संसदीय छानबिन परेको व्यक्तिले कि त राजीनामा दिनुपर्छ कि त बर्खास्त गर्नुपर्छ । तर, यहाँ मन्तब्य दिन बोलाइएको छ, यो मान्य हुने छैन ।’ एमालेले बहिस्कार गरे पनि अर्थमन्त्री शर्माले भने संसद बैठकमा धारणा राखिरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।