ताजा अपडेट »

चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस्

बुधबार, २२ असार २०७९, १४ : ०२
4 Shares

काठमाडौँ । चौधरी ग्रुपले आगामी आर्थिक वर्षको बजेट निमार्णका क्रममा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेकाे छ ।

बुधबार ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत् बजेटको सन्दर्भमा केही सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उनले बजेट निर्माणमा आफूहरुको कुनै चासो र सरोकार नरहेको दाबी गरेका हुन्। उनले  बिना आधार आरोप लगाउनेहरुमाथि त्यसको पुष्टि गर्न चुनौतीसमेत दिएका छन्।

'बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ,' उनले लेखेका छन्, 'यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ । साथै, उहाँहरुले लगाउनुभएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । र, यस सम्वन्धमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन हामी सम्बन्धित निकायहरूलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहीँ कतै पुष्टि भएमा हामी कारबाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरू कारबाही भोग्नकालागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ । धन्यवाद ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।