ताजा अपडेट »

अर्घाखाँचीको सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि...

बुधबार, २२ असार २०७९, १२ : ५४
4 Shares

अर्घाखाँची । शितगंगा नगरपालिका-९ का विभिन्न गाउँमा पहिलाेपटक बिजुली पुगेकाे छ । साबिककाे सिद्धारा गाबिसकाे पाँकुरी, देउराली, ठाडाखाेला र सिस्नेगाँउमा मंगलबार बिजुली पुगेकाे हाे ।

गाउँ पुगेकाे बिजुली बत्तीकाे स्विच अन गरेर पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी, प्रदेश सरकारका सांसद रामजी घिमिरे, वडा अध्यक्ष भम केसीले उद्घाटन गरे ।   

विश्व बैंककाे सहयाेगमा सञ्चालन भइरहेकाे बिजुली विस्तारअन्तर्गत शितगंगाकाे बिकट गाउँमा बिजुली पुगेकाे हाे । गाउँमा पहिलाे पटक बिजुली बत्ती बलेपछि स्थानीयले नाच गान र गरेका थिए । पहिलाे चर०ामा यहाँका एक सय ६० घरमा बिजुली पुगेकाे हाे ।

कार्यक्रममा माले प्रदेश कमिटी सदस्य प्रेमनारायण  गैरेले जनताले विकासप्रेमी जनप्रतिनिधि  छनाेट गर्न सके विकास निर्माणाले गति लिने बताए । 

प्रदेशसभा सदस्य रामजी घिमिरेले  शितगंगा नगरपालपकाकाे बिकट भनेर चिनिने सिद्धाराकाे बिकासमा प्रदेस सरकारबाट आवश्यक बजेट ब्यवस्थापन भइरहेकाे बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।