ताजा अपडेट »

रुपन्देहीकी पत्रकार अमृता अनमोललाई 'सञ्चारिका सम्मान'

बुधबार, २२ असार २०७९, १२ : ४६

बुटवल । रुपन्देहीकी पत्रकार अमृता अनमोलले सञ्चारिका सम्मान प्राप्त गरेकी छन् । सञ्चारिका समूह रुपन्देहीकी संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेशकी अध्यक्ष अनमोललाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ । 

सञ्चारिका समूह रुपन्देहीले प्रदान गरेको 'सञ्चारिका सम्मान' ग्रहण गर्दै अनमोलले  महिला सञ्चारकर्मीहरुलाई संगठित गरेर यो अवस्थासम्म आउनुलाई ठूलो सफलता मानेको बताइन । महिला तथा लैङ्गिक विभेदमा परेकाहरुलाई राज्यको मुलधारमा ल्याउनु पर्नेमा जोड दिँदै उनले सञ्चारिका समुहले यस क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आएको बताइन् । सञ्चार क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गएको बताउँदै उनले सहभागिता र समानताका लागि जोड दिइन । 

सञ्चार क्षेत्रमा काम गर्दै आएका महिला सञ्चारकर्मीहरुका लागि 'सञ्चारिका सम्मान'को सुरुवात गरिएको समुहकी रुपन्देही अध्यक्ष निरा गौतमले बताइन । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव दिपकराज नेपाल, बुटवल उपमहानगरकी उपप्रमुख सावित्रा अर्याल तथा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले संयुक्त रुपमा १० हजार रुपैयाँ रकमसहितको 'सञचारिकन सम्मान' तथा पुरस्कार प्रदान गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।