ताजा अपडेट »

नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता !

मंगलबार, २१ असार २०७९, २१ : २९
4 Shares


गुल्मी । मंगलबार गुल्मीको रेसुङ्गा नगरपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम भित्ताको बोर्डमा थियो । असार मसान्त भित्र रकम भुक्तानी गर्नुपर्ने थियो । अलि बढी भए भत्ता बुझ्नेहरुको हाजिर रजिस्टरमा सिमित थियो । तर, जनताको समस्या, चासो र गुनासो शून्य थियो । समग्रमा सार्वजनिक सुनुवाई कार्यक्रम जनताको आँखामा छारो हलाई र रकम भुक्तानीका लागि झारा टराई थियो ।

कार्यक्रम स्थलको मञ्चदेखि दर्शक दिर्घसम्म अनुहार नै प्रष्ट चिनिएका जनप्रतिनिधि र कर्मचारीहरुको टाउका नै गनेर बढीमा सहभागिता ५० जनाको थियो भने स्थानीय सरकार पक्षियलाई पनि गन्ने हो भने सेवाग्राही जनताको संख्या जम्मा तीन जनाको थियो । बरु उनीहरु भन्दा बढी पत्रकारहरु आधा दर्जन करिब थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रमको सहयोगदाता लुम्बिनी प्रदेश सरकार । जसबाट जिम्मा लिएको संस्था प्रदेश प्रशिक्षण प्रतिष्ठान , लुम्बिनी प्रदेश नेपालगञ्च बाँके । सहजिकरण गर्ने संस्थाको नाम थियो अपाङ्ग एवम् सञ्चार केन्द्र नेपाल ( डेक नेपाल ) बाँके । बोर्डमा आयोजक रेसुङ्गा नगरपालिका गुल्मी लेखिएको थियो ।

अगाडि पनि जनप्रतिनिधि र कर्मचारी पछाडि पनि उनैको भिड । प्रत्यकको मुखमा हेर्दा पनि सर्वसाधरण जनताको सहभागिता देख्न मुस्किल परेपछि केहि बेर त कार्यक्रम सुरु गर्न नै आयोजकलाई लाज मान्ने स्थिति रह्यो । तै पनि कार्यक्रम त सक्नु नै थियो । स्ुरु मै सहजिककरण गरिरहेको संस्थाका एक ब्यक्तीले कार्यक्रमको उद्देश्य अनुरुप हुन नसकेको स्वीकार गर्दै कार्यक्रमको ढोका खोले ।

आयोजकः रेसुङ्गा नगरपालिका लेखिएपनि प्रदेश सरकारको सहयोगमा सार्वाजानिक सुनुवाई कार्यक्रम आयोजना गरिएको तर सर्वसाधरण जनताको सहभागिता शुन्य भएका देखे पछि रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उद्देश्य अनुरुप हुन नसकेको प्रतिकृया दिए ।

कार्यक्रममा सहभागि एक जना सञ्चारकर्मी सुमन महतराले पनि सर्वसधारण जनता विनकाको सार्वजनिक कार्यक्रम झाराटराई मात्र हुने धारणा राखे । सार्वाजानिक सुनुवाई कार्यक्रमको सहजिकरण गरिरहेको संस्था डेक नेपालका कार्यक्रम फोकलपर्शन गणेश प्रसाद पाण्डेका अनुसार त्यस संस्थाले जिल्लाको छत्रकोट गाउँपालिका , गुल्मीदरबार गाउँपालिका, रेसुङ्गा नगरपालिका , धुर्कोट गाउँपालिका र मदाने गाउँपालिका सहित पाँच वटा पालिकाहरुमा सार्वाजनिक सुनुवाई कार्यक्रमको जिम्मा प्रदेश सरकारबाट पाएको छ ।

गुल्मी जिल्लामा गर्ने कार्यक्रमको चाजोपाँजो मिलाउने जिम्मा गुल्मी कै एक पत्रकारलाई दिइएको थियो। सोहीअनुरुप स्थानीयको तर्फबाट सहजिकरण गर्नका लागि रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्रध्याकद्धयः गुणनिधी शर्मा र पदम प्रसाद पाण्डेलाई निम्ताइएको थियो । तर, पाण्डे कार्यक्रम स्थलमा झिरेर हेर्दा सर्वसाधरण जनताको सहभागिता शुन्य देखे पछि त्यति कै फर्किएका थिए।

त्यसमध्ये रेसुङ्गा र छत्रकोटमा मंगलबार एकैदिन दुई वटै कार्यक्रम झारा टराई कै भरमा सकिएका छन् । एउटा पालिका बराबर कति रकम प्रदेश सरकारबाट बुझ्नु हुन्छ ? भन्ने प्रश्नमा आफूलाई थाहा नहुने संस्थाका प्रमुखलाई मात्र थाह हुने भन्दै पाण्डे पन्छिए । संस्थाका प्रमुख भनिएका देविदत्त अर्यालसंग सम्पर्क राख्न खोज्दा उनको फोन आफ थियो ।

स्थानीय सरकारको अनुमगमनकारी प्रदेश सरकारले गर्ने सार्वाजानिक सुनुवाई कार्यक्रमको अवस्था त यस्तो छ भने झन स्थानीय सरकारले गर्ने सार्वाजानिक सुनुवाई कार्यक्रम कस्तो होला ? आँफै अनुमान गर्नुहोस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।