ताजा अपडेट »

१५ दिने सुन चाँदीका गहना बनाउने तालिम

मंगलबार, २१ असार २०७९, १७ : १२
28 Shares

भैरहवा । सिद्धार्थनगर सुन चाँदी ब्यवसायी संघको आयोजनामा भैरहवामा लक्षित समुदायका लागि १५ दिने सुन चाँदीका गहना बनाउने तालिम सम्पन्न भएको छ । सिद्धार्थनगर नगर पालिकाको आर्थिक सहयोग रहेको कार्यक्रममा भैरहवाका विभिन्न सुन चाँदी पसलमा काम गर्ने कालिगढ र विपन्न परिवारका बालबालिका गरि १५ जना सहभागी रहेको आयोजकले जनाए ।

सहभागीहरुले १५ दिनमा गहना बनाउने आधारभुत जानकारीहरु लिएको सिद्धार्थनगर सुन चाँदी ब्यवसायी संघका कार्यवाहक अध्यक्ष दिपक कौशलले बताए । उनले सहभागीहरुले तार तान्ने, पातो बेल्ने, कटिङ, सफाइ तथा सुनमा पलिस लगाउने सिकेको बताए । तालिममा सिकेका ज्ञानले मात्र उनिहरु पुर्ण नभएको हुदा भैरहवामा रहेका सुन चाँदी ब्यवसायीले उनिहरुलाइ आफ्नै पसलमा राखी थप तालिम दिने कौशलले जानकारी दिए ।

तालिम छोटो रहेको कारण सबै कला सिक्न नसकेको भए पनि तालिमले अगाडि बढन धेरै सहयोग गर्ने उनको भनाइ छ । तालिममा ध्रुव लाम्गादेले प्रक्षिशण दिएका थिए । समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगर पालिकाकी उप प्रमुख उमा अधिकारीले तालिममा सिकेका कुरा ब्यवहारमा लागु गरे मात्र तालिमको औचित्य पूरा हुने बताइन । उनले नगर पालिकाले नगरमा रहेका लक्षित वर्गलाइ प्रत्यक्ष लाभ पुग्ने गरि नगरपालिकाले कार्यक्रमहरु बनाएको बताइन ।

कार्यक्रम संयोजक किरण लाम्गादेको संयोजकत्व, सिद्धार्थनगर सुन चाँदी ब्यवसायी संघका कार्यवाहक अध्यक्ष दिपक कौशलको अध्यक्षता, उप प्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल सुन चाँदी ब्यवसायी संघका केन्द्रिय परामर्श समिती संयोजक प्रेम कुमार सेन्चुरीको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रतिनिधि बिक्रम सुनार, जिल्ला अध्यक्ष राम किशन विश्वकर्मा, जिल्ला उपाध्यक्ष गोपाल रामदाम, बरिस्ठ सल्लाहकार डम्बरलाल रामदाम लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन संघका सह सचिव सुनिल सेन्चुरीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।