ताजा अपडेट »

अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु

मंगलबार, २१ असार २०७९, १५ : ५३
4 Shares

काठमाडौं । अमेरिकाको इलिनोस राज्यको हाइल्याण्ड पार्कमा भएको परेडमा एक बन्दुकधारीले जथाभावी गोली चलाउँदा छ जनाको मृत्यु भएको छ । अमेरिका स्वतन्त्र भएकाे स्मरणमा आयोजित परेड शुरू भएकाे २० मिनेटपछि गाेलीकाण्ड भएकाे हाे ।

घटनास्थलमै ५ जना र उपचारको क्रममा एकको मृत्यु भएको छ । अस्पतालमा ल्याइएका २६ जना घाइतेमध्ये २५ जनालाई गोलीबाट घाउ लागेको छ । उपचारपछि १९ जनालाई डिस्चार्ज गरिएको छ भने घाइतेहरु पाँचवर्षदेखि ८५ वर्षसम्मका छन् । परेडमा आएका अधिकांशले पहिला गोली नभएर पटका पड्किएको महसुस गरेका थिए । 

गोली हानेर गाडीमा भागेका २१ वर्षीय रोबर्ट इ क्रिमोलाई पक्राउ गरी आवश्यक कार्वाही गरिएको छ ।

सीएनएनका अनुसार अमेरिकामा विगत १८६ दिनमा जुलाई ५ तारिखसम्म ३११ वटा मास गोलीकाण्ड अर्थात् भीडमा गोली हानिएका घटना छन् ।  

हतियार हिंसा आर्काइभका अनुसार चार जनासम्मलाई गोली हानेको घटनालाई मास गोलीकाण्ड भनिन्छ । यसमा गोली हान्नेलाई प्रत्युत्तरमा हानिएको गोलीलाई गणना गरिँदैन । 

सन् २०१४ देखि लिखत राख्न शुरु गरिएकोमा गतसाल सबैभन्दा डरलाग्दो गरी यस्ता घटना गराइएका छन् । सन् २०२१ मा ६९२ वटा गोलीकाण्ड भएका थिए ।

मास गोलीकाण्डमा मृत्यु

सन् २०१४ मा २७९, सन् २०१५ मा ३३५, सन् २०१६ मा ३८२, सन् ३४६, सन् २०१७ मा ३३६ सन् २०१८ मा ४१७, सन् २०१९ मा ४१७ र सन् २०२० मा ६११ जनाको गोलीकाण्डमा मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । 

अन्य गोलीकाण्ड

यस्तै, अबोधजन्य रुपमा हुने गोलीकाण्डमा प्रत्येक वर्ष दुईहजार सर्वसाधारणको अनाहकमा मृत्यु भइरहेको छ ।

गोली हानी गोलीकाण्ड

यस्तै, अमेरिकामा गोली हानेर आत्महत्या हुने दर पनि बढिरहेको छ । प्रत्येक वर्ष करिब २३ हजार जनाले गोली हानी आत्महत्या गरेका छन् ।

अमेरिकामा अरुलाई हत्या गरेपछि आत्महत्या गरेर प्रत्येक वर्ष साढे पाँचसय जतिको ज्यान गइरहेको छ ।

जवाफी कार्वाहीमा मृत्यु

यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षाफौजको प्रतिआक्रमणमा परेर प्रत्येक वर्ष एक हजार ५०० सयदेखि दुई हजार १०० सम्म आपराधिक व्यक्तिहरु मारिएका छन् । (सीएनएन, अल जजिरा) 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।