ताजा अपडेट »

जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान

मंगलबार, २१ असार २०७९, १५ : ३६
14 Shares

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ५ को वडा कार्यालयले आफ्नो वडामा रहेका जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गहरुलाई सम्मान गरेको छ । मंगलबार भैरहवामा आयोजित एक कार्यक्रममा वडाले नियमित बजेटबाट उनिहरुलाई सम्मान गरेको हो ।

कार्यक्रम संयोजक बिनित बेरीवालका अनुसार वडामा बसोबास गर्ने ८४ जना जेष्ठ नागरिक, १८ जना एकल महिला तथा ४ जना जेष्ठ नागरिकलाई पोषण सामाग्री सहित सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईश्तियाक अहमद खाँनले जेष्ठ नागरिकहरुको अनुभवले नगरको विकासमा महत्वपूर्ण योगदान गर्ने हुनाले आफु जेष्ठ नागरिकको सुझाव अनुसार नै चल्ने बताए । उनले नगरमा बसोबास गर्ने जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गहरुको सम्मान तथा उनिहरुलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजना एवम कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।

५ नम्बर का वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी ओमकार गौचन, नेपाली कांग्रेसका सिद्धार्थनगर सभापति कोशिश बहादुर खडका, क्षेत्रिय सभापति शुसिल गुरुङ्ग, नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासीनी लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।