ताजा अपडेट »

अर्घाखाँची बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १८

बुधबार, ११ मंसिर २०७६, २० : २६
20 Shares
बुधबार, ११ मंसिर २०७६
20 Shares

मंसिर ११,

ग्लोबल आवाज

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन्।सन्धिखर्कबाट बुटवलका छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानीमा दुर्घटना भएका हो।दुर्घटनामा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

ज्यान गुमाउनेका ११ जना पुरुष र ७ जना महिला रहेका छन् । घाइते १३ जना मध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र २ जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए।दुर्घटनामा ज्यान गुमाउने र घाइते भएकाहरुको परिचय खुलेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।