ताजा अपडेट »

छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ

मंगलबार, २१ असार २०७९, १३ : ४४
6 Shares


काठमाडौं । काठमाडौं र बागलुङबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका ३२ वर्षीय जिवन चौधरी छन् । उनलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको हो । झोलामा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । 

यसैगरी काठमाडौंको दक्षिणकाली नगरपालीका–५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषधसहित एक जना सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका–९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारी रहेका छन् । उनको साथबाट १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ । 

कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरिएको हो ।  

बागलुङको बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध सहित चार जना सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही खैरेनी नगरपालिका–६ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पुरीसहित छन् । उनीहरुको साथबाट ९ सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम बरामद भएको प्रहरीले जनाएको छ । 

बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु.२ ख ५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।