ताजा अपडेट »

बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

मंगलबार, २१ असार २०७९, १३ : ३७
14 Shares

संखुवासभा । चौंतिस वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । झारफुक गर्न गएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई धामी कार्कीले कुटपिट गरेको प्रहरीले जनाएको छ । 

कुटपिटबाट उनी घाइते भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।