ताजा अपडेट »

भैरहवा डान्सिङ सुपर स्टारको दोस्रो सिजन हुने

मंगलबार, २१ असार २०७९, ११ : ५१
4 Shares

भैरहवा । भैरहवामा जिल्ला स्तरिय भैरहवा डान्सिङ सुपर स्टार दोश्रो सिजन हुने भएको छ । रुद्रदेवी कला केन्द्रको आयोजना तथा मिलानो फुटवेयरको प्रायोजनमा आयोजना हुने प्रतियोगिताको अडिसन असार २५ गते देखि सुरु हुने रुद्र देवी क्लबका सन्चालक सुनिल गुप्ताले जानकारी दिए ।

साउन २१ गते सम्म ५ चरणमा चल्ने अडिसनबाट छानिएका प्रतियोगीहरु बिच भदौमा फाइनल हुने गुप्ताले बताए । प्रतियोगिता बारे जानकारी दिने उद्देश्यले मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुप्ताले प्रतियोगिताका विजेताले ४९ हजार ९ सय ९९ रुपैया सहित एलबम बनाउने तथा केन्द्रले प्रदान गर्ने ३ बर्षे डिप्लोमा कोर्स निसुल्क हुने बताए । यस्तै द्वितिय पुरस्कार २९ हजार ९ सय ९९ रुपैया र तृतिय पुरस्कार ९ हजार ९ सय ९९ रुपैया तोकिएको उनको भनाई छ ।

प्रतियोगितामा १ देखी ७ कक्षाका बिद्यार्थीहरुले मात्र प्रतिष्पर्धा गर्न सक्नेछन् । एकल नृत्य रहने प्रतियोगिताकारे कोरियोग्राफी राउण्डमा ५ हजार शुल्क तोकिएको आयोजकको भनाई छ । २०७४ मा नसिब गार्मेन्ट भैरहवा डान्सिङ्ग सुपरस्टार कार्यक्रम चलेको थियो । सो कार्यक्रमको फाइनलमा शिवम चौधरी विजेता भई ५० हजार पुरस्कार पाएका थिए ।

प्रतियोगितामा करिब २५ लाख खर्च हुने आयोजकको भनाई छ । प्रतियोगिताबाट जोगिएको रकमले ग्रामीण क्षेत्रका २१ वटा बिद्यालयका बिद्यार्थीलाई जुत्ता, चप्पल, पोशाक एवम स्टेशनरी सामाग्री बितरण गर्ने लक्ष्य रहेको रुद्रदेवी कला केन्द्रका सञ्चालक सुनिल गुप्ताले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।