ताजा अपडेट »

७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा

मंगलबार, २१ असार २०७९, १० : ५७
4 Shares

रोम । इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्ने निर्णय गरेको छ । आपतकालीन अवस्था घोषण गर्न लागिएका क्षेत्रहरूले सामान्यतया इटालीको कुल कृषि उत्पादनको लगभग ३०  प्रतिशत   योगदान दिन्छ ।

खडेरीले यो वर्ष  ठूलो विनाश निम्त्याएको छ । आपतकाल घोषणपछि घर र व्यवसाय दुवैका लागि खानेपानी, रासनजस्ता विषयमा सुधार गर्न स्थानीय अधिकारीहरूलाई कदम चाल्न सजिलो हुने विश्वास गरिएको छ । वर्तमान अवस्थालाई असाधारण साधन र शक्तिका साथ प्रभावित जनतालाई राहत र सहायता प्रदान गर्ने आपतकालीन अवस्थाको उद्देश्य रहेको सरकारले जनाएको छ । 

खडेरी सामना गर्न सरकराले थप कदम चाल्न सक्ने र गर्मी मौसमको तापलहरले स्थानीयलाई समस्या भएको रोयटर्सले जनाएको छ । उत्तरी इटालीका पाँच क्षेत्रहरू– इमिलिया–रोमाग्ना, फ्रिउली भेनेजिया गिउलिया, लोम्बार्डी, पिडमोन्ट र भेनेटोमा पनि आपतकाल घोषणा गरिएको छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।