२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

काठमाण्डौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आईपीओ असार २० गते सोमवार बाँडफाँट गरेको जानकारी गराएको हो । कम्पनीले जेठ २३ गतेदेखि असार ६ गतेसम्म आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो ।

Advertisement

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख ९३ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो। जसमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्कासन गरिने शेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. ५, ६ र ७ र मन्थली न.पा.को वडा नं.११, १२ र १३ तथा रामेछाप न।पा।को वडा नं. १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात ३ लाख ९८ हजार २५० कित्ता बाँडफाँट गरिएको छ ।

त्यस्तै,  रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं.१ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १, २ र ३ लाख ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता गरी बाँडफाँट गरिएको छ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानीमा क्यापिटल लिमिटेड रहेको थियो । उक्त आईपीओ बाँडफाँडमा नपरेका सेयर बापतको रकम असार २४ गते शुक्रवारदेखि फिर्ता गरिनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप