ताजा अपडेट »

सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली

मंगलबार, २१ असार २०७९, ०८ : ३९
4 Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बजेट निर्माणबेलाको सीसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले आर्थिक चलखेल गरेको आरोप लगाएका छन्। बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएकाले सरकारले त्यसको छानविन गर्नुपर्ने उनले बताए । सीसीटिभी फुटेज डिलिट गराएर अर्थमन्त्रीले जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।

सोमबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दैउनले भने , “घटनाको सिसीटिभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले गम्भिर घोटाला भएको आफैंले पुष्टि गरेको छ ।” उपमहासचिव ज्ञवालीले सो घटना अक्षम्य अपराध भएको दावी गरे । घटनामा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानवीन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको उनले प्रष्ट पारे ।

उनले भने , वास्तवमा यो दोहोरो अपराध हो । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर एउटा जघन्य अपराध त छँदैथियो । यसलाई लुकाउन सम्बन्धित प्रमाण नष्ट गर्न यदि सीसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो ।’ घटनाबारे अविलम्ब छानबिन गर्नुपर्ने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।