ताजा अपडेट »

लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन

सोमबार, २० असार २०७९, २३ : ००
8 Shares

बुटवल । लाफा समुहको तेस्रो साधारण सभा तथा प्रथम अधिवेसनबाट बबिन थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सोमबार भएको समुहको अधिवेसनबाट वरिष्ठ उपाध्यक्ष ज्ञानु थापा, उपाध्यक्ष विजय गुरुङ, सचिव बेगप्रसाद पाण्डेय, सहसचिव खिम सिँजाली, कोषाध्यक्ष यम बहादुर चौतारे र सहकोषाध्यक्षमा अनिल सिँजाली चयन भएका हुन् ।

सदस्यहरुमा तिलक थापा, संगित प्रधान, बारिस राना, नरेश ढुगाना, गोपाल ज्ञवाली, बुनु थापा, दुर्गा सुन्धौली र प्रदिप पाण्डे सर्वसम्मत चयन भएका छन् । कार्यक्रमको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै खेल र खेलाडीको विकासमा निजिस्तरमा स्थापना भएका संघ-संस्थाहरुको योगदान महत्त्वपूर्ण भएको भन्दै सरकारमार्फत विशेष सहयोग गर्ने बताए । नेपालको खेलकुदमा सरकारको बजेट न्यून हुनुको साथै नीतिगत रुपमा धेरै समस्या देखिँदा विकासमा कठिनाई भएको उनले दुखेसो गरे । नीजि क्षेत्रबाट खेलकुद विकासमा योगदान भएको उदाहरण लाफा समूह भएको भन्दै उनले आगामी दिनमा पूर्वाधार विकासमा आवश्यक सहयोग गर्ने प्रतिवद्घता जनाए ।

कार्यक्रममा लाफाका उपाध्यक्ष बबिन थापाले ३ वर्षको अवधिमा ४ वटा ठूला ब्याडमिन्टन प्रतियोगिताका साथै भलिबल, फुटसल लगायतका धेरै प्रतियोगिता गर्न सफल भएको बताए । हाल लाफामार्फत ब्याडमिन्टनका १ सय २५ जना, भलिबलका ८५ जना, फुटसलका २५ जना सदस्यका साथै आमा र बाबा समुह लगायतको परिवार शक्तिको रुपमा रहेको बताए ।

समुहका सल्लाहकार मीन सारुले लाफा सबै जाति, धर्म र संस्कृतिका खेलाडीलाई समेटेर अगाडि बढेको भन्दै खेललाई विकासमा महत्वपूर्ण रहेको बताए । कार्यक्रममा बुटवल उपमहानगर वडा नं ८ का वडा सदस्य सीता खनाल, सल्लाहकार चक्र बहादुर थापा, संरक्षक बासुदेव लामिछाने, कानुनी सल्लाहकार कृष्ण रोक्का, प्रेस सल्लाहकार दिनेश श्रेष्ठ, निवर्तमान वडाअध्यक्ष भिम बहादुर श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य नरेन्द्र थापा, समुहका सचिव यसपाल चौतारे, कोषाध्यक्ष ज्ञानु सारु, एक्सिस बोर्डिङ स्कुलका प्रिन्सिपल मनिष थापाले खेलको विकासमा सरकारको ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष तारासिंह रेश्मीेले आफ्नो कार्यकालमा भएको कामको बारेमा जानकारी दिदै आगामी कार्यकालमा थप कार्यक्रमहरुमा सहयोगको प्रतिवद्धता जनाए । निर्वाचन समितिका संयोजक स्वतिक श्रेष्ठले समूहलाई थप सशक्त र खेलकुद विकासमा अब्बल सावित गर्दै लैजान नयाँ नेतृत्वलाई आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।