ताजा अपडेट »

'बुटवल मण्डप'को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग

सोमबार, २० असार २०७९, २२ : ४९
4 Shares

बुटवल । बुटल उपमहानगरले 'बुटवल मण्डप'को नाम परिवर्तन गर्ने निर्णयप्रति यहाँका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।  बुटवलमा क्रियाशिल ७ राजनीतिक दलले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्णय सच्याउन आग्रह गरेका छन् ।

सात राजनीतिक दलको सोमबार सम्पन्न संयुक्त बैठकपछि जारी विज्ञप्तीमा बुटवल मण्डप बुटलमा क्रियाशिल सबै राजनीतिक दलहरुको विकासको साझा धारणा भएको उल्लेख गर्दै बुटवल मण्डपको नाम आम जनसमुदायको भावनात्मक अपनत्वसँग पनि जोडिएको विषय भएको जनाईएको छ । दलरुको बैठकले आव ०७९/८० को उपमहानगरको बजेट र नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको 'गिरिजा प्रसाद कोईराला बुटवल मण्डप' नामाकरण गर्ने प्रस्ताव फिर्ता लिन उपमहनगरसँग आग्रह गरेको छ ।

संयुक्त रुपमा जारी विज्ञप्तिमा नेकपा एमाले रुपन्देहीका अध्यक्ष किसन ज्ञवाली, राष्ट्रिय जनमुक्ति पार्टीका मेकबहादुर सारु, मंगोल नेशनल अर्गनाईजेशनका खिमबहादुर थापा, लोकतान्त्रिक समाजवादी पार्टीका रामशंकर गुप्ता, नेपाल कम्युनिष्ट पार्टीका एनबी शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्षमण प्रसाद श्रेष्ठ र राष्ट्रिय जनमोर्चा (समन्वय समिति) का बाबुराम गौतमले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।