१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

मुगु   ।  कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा पाँच वर्षपछि बिजुली पुगेको छ । 

Advertisement

नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्र गमगाढ मुगुले ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत् गृहबाट उत्पादित बिजुली २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारदेखि रारा क्षेत्रका ग्राहकलाई पुर्‍याएको हो । 

२०७४ सालमा रारा कन्स्ट्रक्सन प्रालिले रारामा विद्युत् पुर्‍याउने जिम्मा पाएको थियो । सो प्रालिले समयमै काम गर्न नसकेकाले रारा क्षेत्रमा विद्युत् बाल्न सकिएको थिएन ।

अहिले प्राधिकरणले आफै लागेर ५ वर्षपछि विद्युत् उपलब्ध गराएको नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुका निमित्त कार्यालय प्रमुख माधवप्रसाद उपाध्यायले बताए । 

उनका अनुसार १० वर्षदेखि थन्किएको मेसिनलाई पुनः मर्मत गरी सोही मेसिनबाट रारा क्षेत्रमा विद्युत् उपलब्ध गराइएको उपाध्यायको भनाई छ । 
रारा क्षेत्रमा विगतका दिनमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र बिजुली प्रयोग हुँदै आएको थियो । 

गमगाढ वितरण केन्द्रको जलविद्युत् गृहबाट उत्पादित बिजुली २४ घण्टा नै आपूर्ति हुने छ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटेल, कार्यालय र छेउछाउका घरहरूले बिजुली पाएका छन् । 

रारा ताल परिसरमा २५ केभी क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी बिजुली आपूर्ति गरिएको छ । प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर आजदेखि सञ्चालनमा ल्याइएको बताए ।

‘रारा राष्ट्रिय निकुञ्जको जङ्गलमा झन्डै १० किलोमिटर लाइन बनाउनुपर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो । निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीय वासीसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा बिजुली पुर्‍याउन सफल भएका छौं’, यादवले भने ।-खड्क सुनार/न्युज कारखाना  

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण