२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

बुटवल । रुपन्देहीको भुसाल मोटर्स प्रालिले तेस्रो पटक अन्तराष्ट्रिय अवार्ड हासिल गरेको छ । रुपन्देहीको तिलोत्तमामा रहेको भुसाल मोटर्स प्रालिले लगातार तेस्रो पटक उक्त अवार्ड प्राप्त गरेको हो । प्रालिले सार्क राष्ट्रमै ट्याक्टर लगाएतका मेशीनरी उपकरण सर्वाधिक बिक्री गर्न सफल भएको भन्दै ‘सार्क कन्ट्री नम्बर १ डिलर–२०२१’ अवार्ड प्राप्त गरेको हो ।

Advertisement

भुसाल मोटर्स प्रालि सिएनएच इण्डष्ट्रियल ग्रुपद्वारा उत्पादित न्यू हल्याण्ड ट्याक्टर, भ्याकु लोडर र केज ब्राण्डका ट्याक्टरहरुको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हो ।

न्यू हल्याण्ड ब्राण्डका ट्याक्टर तथा भ्याकु लोडर र केज ब्राण्डका ट्याक्टरहरुको भारतमा पलाण्ट राखेर सन् १९९५ बाट उत्पादन गर्दै आएको इटालीको सिएनएच इण्डष्ट्रियल ग्रुपले उक्त अवार्ड प्रदान गरेको हो । कम्पनीले आइतबार टर्कीको इस्तानबुलमा आयोजित सार्क राष्ट्रस्तरीय विक्रेता भेटघाट कार्यक्रममा उक्त अवार्ड दिएको हो ।

अवार्ड कम्पनीका एसिया प्यासिफिक क्षेत्रका प्रबन्ध निर्देशक रौनक बर्माले भुसाल मोटर्स प्रा.लि.का कार्यकारी निर्देशक अंकित भुसाललाई प्रदान गरेका हुन् । यस अगाडि पनि भुसाल मोटर्सले सन् २०१९ र २०२०मा उक्त अवार्ड प्राप्त गरेको थियो ।

भुसाल मोटर्सले सन् २०२१ मा सार्क राष्ट्रका नेपालसहित भारत, बंगलादेश, भुटान मध्येमा सर्वाधिक, १२ सय ७१ वटा ट्याक्टर,२ सय वटा भ्याकु लोडर तथा १५ पिस चेन एक्साभेटर बिक्री गर्न सफल भएको भुसाल मोटर्स प्रालिका व्यवस्थापक तिलक सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा