ताजा अपडेट »

सिद्धबाबाको दर्शन गर्न आएका एक भारतीयको तिनाउमा पौडी खेल्दा मृत्यु, एक बेपत्ता

सोमबार, २० असार २०७९, १२ : २२
6 Shares

बुटवल । सिद्धबाबा मन्दिरको दर्शन गर्न आएका दुई भारतीय नागरिकको तिनाउ खोलामा पौडि खेल्ने क्रममा बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।

भारतको यु.पि. दोहोरिया गोरखपुरका १८ वर्षका नन्द कुमार निसाद र सोही ठाउँकै १८ वर्षीय सनि कुमारलाई आइतबार पौडी खेल्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरीले कार्यालय पाल्पाका प्रहरी प्रवक्ता विरेन्द्र थापाले बताए । खोजि गर्ने क्रममा जिल्ला नन्द कुमार निसाद मृत अवस्थामा बुटवल–१९ लाफाचौर स्थित तिनाउ खोलामा भेटिएको थापाले जानकारी दिए ।

यस्तै सनि कुमारको खोजि भइरहेको प्रहरीले जनाएको छ । उनीहरु भारतको यु.पि. दोहरिया गोरखपुरबाट पाल्पा सिद्दबाबा मन्दिर दर्शनको लागी ६० जनाको टोलीसँग सिद्धबाबा आएका थिए । दर्शन पश्चात तिनाउ गाउँपालिका–२ झोलुङ्गेपुल स्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा उनीहरुलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।