ताजा अपडेट »

'बुटवल कोरा-२०२२' को लागि सचिवालय स्थापना

सोमबार, २० असार २०७९, ११ : २२
2 Shares

बुटवल । बुटवल कोरा-२०२२ का लागि सचिवालय स्थापना गरिएको छ। असार ३२ गते शनिबार हुने बुटवल कोरा २०२२ को आवश्यक तयारी गर्ने उद्देश्यकासाथ कालिकानगरमा सचिवालय समुद्घाटन गरिएको हो । बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले कार्यक्रमको आवश्यक तयारीका लागि सचिवालय स्थापना गरिएको बताए।

सो क्लबको आयोजना तथा ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप र नवलपरासी जिल्ला साईक्लिङ संघको सहयोगमा नेपालमा आधिकारीक कोरा आय‍ोजकसँग समन्वय गरेर बुटवलमा कार्यक्रम गर्न लागेको उनले बताए। करीब ३ लाख रुपैया खर्च हुने कार्यक्रमबाट अघिल्लो वर्षजस्तै सामाजिक कार्यमा योगदान गर्ने उनले बताए।

रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले विश्वभर एकै दिन कोरा गरिदै आएको बताए । उनले धार्मिक स्थलहरुको पहिचान, एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको उनले बताए । दैनिक जिवनमा साईकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वस्थ्य र पर्यावरण जोगाउन योगदान मिल्ने उनले बताए ।

कार्यक्रममा ह्याप्पीका उपाध्यक्ष किरण श्रेष्ठले  कोराको मुल मर्म अनुसार सामाजिक क्षेत्र कोरामार्फत योगदान गर्दै आएको बताए । कोरा कार्यक्रम केवल साईकल ईभेन्टमात्र नभई यो साईकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए । क्लबका सचिव राजु तिवारीले रुपन्देहीका साईकिलेहरुलाई एकतावद्घ गराएर सामाजिक कार्यमा अग्रसर गराउने अभियानका रुपमा कोरा चल्दै आएको बताए ।

कार्यक्रमका संयोजक रबिलाल सुवेदीले विभिन्न उपसमितिमार्फत कार्यक्रमको तयारी तिव्र रुपमा चलेको बताए । टिसर्ट, नास्ता र खाना लगायतको स्पोन्सर प्राप्त भएको उनले बताए। कार्यक्रमको रुट र टिसर्ट सार्वजनिक एक हप्ताभित्र गरिने उनले बताए । यो वर्ष कोरामा एक सय बढी साईक्लिष्टहरु सहभागी हुने बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।