ताजा अपडेट »

डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का

सोमबार, २० असार २०७९, ०९ : ४५
10 Shares

काठमाण्डौं । नेपाल डीपी लिमिटेडले डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । 

कम्पनीको आर्थिक वर्ष २०७८–०७९ सम्म डिम्याट खाता संचालन गरेबापत लाग्ने शुल्कहरु असार मसान्तभित्र  ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादी शाखामा रहेको बैंक खातामा भुक्तानी गर्न आग्रह गरिएको छ । साथै ग्राहकले मेरो शेयरको माइ प्रोफाइलमार्फत इ सेवा, कनेक्ट आइपीएस,  आइएमई पे र खल्तीमार्फत भुक्तानी गर्न सक्नेछन् ।

कम्पनीले तोकेको  समयभित्र डिम्याट खाताको सम्पूर्ण  वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको शुल्क भुक्तानी  नगरेसम्मका लागि डिम्याट खाता रोक्का गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।