ताजा अपडेट »

श्रीमती बलात्कार गरेको अभियोगमा गुल्मीमा एक पुरुष कारागार चलान

सोमबार, २० असार २०७९, ०८ : ५७
10 Shares

गुल्मी । गुल्मीमा आफ्नै श्रीमतीलाई बकात्कार गरेको अभियोगमा आइतबार एक पुरुष मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिलाको मदाने गाउँपालिका–४ का ३५ वर्षिय बिवस क्षेत्री ( नाम परिवर्तन ) २५ वर्षीया श्रीमती निर्मोही (नाम परिवर्तन ) लाई बलात्कार गरेको अभियोगमा मुद्दा पुर्पक्षकालागि थुनामा कारागार चलान भएका हुन्।

जिल्ला न्यायाधीशको अनुपस्थितिमा श्रेस्तेदार भिम प्रसाद भुसालले निजलाइ मुद्दा पुर्पक्षका लागि कारागार थुना पठाउने आदेश गरेको जिल्ला अदालत गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवका अनुसर जेठ २५ गते राती आफ्ना श्रीमानले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै जेठ २८ गते जाहेरी दिएकी ् ।

लगत्तै पक्राउ परेका उनी आइतबार सम्म प्रहरी हिरासतमा थिए । आरोपित पुरुषका बाबुले भने बुहारीले अनाहकमा फसाएको ज्किर गरेका छन्। छिमेकी महिलाहरुले पनि श्रीमान श्रीमतीको झै–झगडालाइ अतिरन्जित बनाई बलात्कार घटना बनाएको आरोप लगाउदै बिरोध जनाएका छन् । झन्डै एक दशक अघि प्रेम विवाह गरेका ती जोडिका दुई सन्तान छन् । श्रीमान विरुद्ध बलात्कार मुद्दा दिएकी ती महिला अहिले माइतीमा छन् ।

स्मरण रहोस् बलात्कार घटनाको मिति उल्लेख गरिएको एक हप्ता अघि उनै महिलाले श्रीमानले मदिरा सेवन गरि कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय पुर्कोटदहमा उजुरी दिई मेलमिलाप गरि पठाइएको थियो । फेरि बिदेश जाने तर्खरमा रहेका उनले त्यस दिन साँझ म भोलि काठमाण्डौ हिड्छु भनेको बाबुले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।