ताजा अपडेट »

पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु

आइतबार, १९ असार २०७९, २२ : ४०
8 Shares

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित रहेको नुनथर बागमती खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । रौतहटको नुनथरमा घुम्न आएका भारतीय नागरिकको नुनथर बागमती खोलाले पौडी खोल्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

भारतको सितामडीबाट बिआर ०१ एसफ ६६१९ कारबाट शनिबर रौतहटको नुनथरमा घुम्न आएका तीन जना भारतीय नागरिकलाई खोलामा पौडी क्रममा खोलाले बगाएको थियो । खोलामा पौडी क्रममा भारतको सितामडी जिल्ला कोटबजारका २७ वर्षीय सुमन साह, ३१ वर्षीय मयक अग्रवाल र ३० वर्षीय गोलु कुमारलाई खोलाले बगाएको थियो । 

खोलाले बगाउने क्रममा स्थानीयले थाहा पायलगतै बचाउने क्रममा साहलाई बचाउन सफल भएका थिए भने अग्रवाल र कुमारलाई खोलाले बगाएको थियो । 

बेपत्ता भएका दुई जनाको शव आइतबार दिउसो फेला परेको प्रहरीले पुष्टि गरेको छ । मृतकका आफन्त प्रहरी सम्पर्कमा आएका छन् । खोलामा पौडी खेल्न क्रममा बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय रौतहट र नुनथर प्रहरी चौकी र सशस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा चन्द्रपुर र वृन्दावन नगरपालिकाको सीमामा सोही बागमती खोलामा अग्रवाल र कुमार मृत फेला परेका हुन् ।

मृतक शवको कानुन बमोजिम मुचुल्का उठाई थप अनुसन्धान कार्य भइरहेको छ भने शवलाई पोस्टमार्टमका लागि चन्द्रपुर नगरपालिका लगिएको छ ।-इन्दिप कोइराला/न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।