ताजा अपडेट »

सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर

आइतबार, १९ असार २०७९, २२ : १७
2 Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले जथाभाबी फोहोर गर्नेलाई कारबाही गर्ने गरी कठोर नीतिको तयारी गरेको छ । नगरलाई सरसफाइ राख्नका लागि जथाभाबी फोहर गर्नेलाई जरिवाना गर्ने गरी नगरले तयारी गरेको हो ।

 फोहर सही व्यवस्थापन नहुँदा तुलसीपुरको बजार क्षेत्र दुर्गन्धित बन्दै गएको अवस्थामा उपमहानगरले कठोर नीति ल्याउन लागेको हो । नगरले फोहर मैला जथाभाबी गर्नेलाई ५ सय देखि १० हजारसम्म जरिवाना गर्ने गरी नीति ल्याउन लागेको नगरका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वर्षात भण्डारीले जानकारी दिए । 

संयोजक भण्डारीले कुनै पनि नागरिकले आफूले गरेको फोहोर आफैले गर्ने प्रवृत्तिको विकास गर्न कठोर नीति ल्याउन लागेको बताउनुभयो । उहाँले गल्ने र नगल्ने फोहरलाई छुट्याउने र आफ्नो घर–टोल आफैले सफा नगरे कारबाही गर्ने बताए । 
 
तुलसीपुर उपमहानगरलाई दिगो रूपमा सरसफाइ राख्न फोहोरको वर्गीकरण गरी फोहोर व्यवस्थापन गर्न पहिलो चरणमा सचेतनाको कार्यक्रम गरिने छ । सरसफाइ तथा फोहर मैला व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले नगरलाई सफा, सुन्दर र नमुनायोग्य सहरको रूपमा विकास गर्न फोहोर व्यवस्थापनको थुप्रै योजना बनाएको बताए । उनले फोहोरको प्रकार हेरेर कारबाही गर्ने र जरिवाना गरिने बताए ।  उपमहानगरको आर्थिक ऐनमा भएको प्रस्तावलाई आधार मानेर फोहर गर्नेलाई कारबाही गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।