ताजा अपडेट »

जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

आइतबार, १९ असार २०७९, २१ : ५०
6 Shares

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ स्थित धरान चतरा सडकखण्डमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना भएको छ । हेटौंडा–सिन्धुली सडकखण्ड अन्तर्गत बागमती–७ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा बागमती–९, बेतिनीबाट दुलही लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना ६ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको स्थानीयको भनाई रहेको छ ।

दुर्घटनामा एक बालिकाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ ।-न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।