ताजा अपडेट »

बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग

आइतबार, १९ असार २०७९, २० : ३९
8 Shares

बुटवल। बुटवलमा रहेका व्यवसायिक संघ संस्थाहरुको सन्जालले बुटवल मण्डपको नाम संसोधन गर्ने बुटवल उपमहानगरपालिकाको प्रस्ताव प्रति असहमति जनाएको छ।

सन्जालको आईतवार बुटवलमा सम्पन्न बैठकले बुटवलका ब्यवसायीक संघ संस्थाहरुको भावना बिपरीत बुटवलको गहनाको रुपमा बिकसित हुदै गरेको बुटवल मण्डपको नाम फेर्ने प्रस्ताव फिर्ता लिन बुटवल उपमहानगर पालिकासँग आग्रह गरेको छ।

बुटवल उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९/ ८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बुटवल मण्डपको नाम परिवर्तनगरी 'गिरिजा प्रसाद कोइराला बुटवल मण्डप' नामाकरण गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावसहितको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।

नाम फेर्ने प्रस्तावप्रति यस क्षेत्रमा रहेका व्यवसायिक संघ संस्थाहरुको बैठकपछि जारी बिज्ञप्तीमा नाम फेर्ने प्रस्ताव प्रति सन्जालको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ। विज्ञप्तीमा बुटवललाई अन्तर्राष्ट्रिय पहिचान गराउने गहनाको रुपमा विकास हुँदै गरेको बुटवल मण्डपको नाम यस क्षेत्रका आम सर्वसाधारण र व्यवसायिक संघ संस्थाहरुको भावना विपरीत एकलौटी ढंगबाट प्रस्ताव गरिनुले चिन्तित र गम्भीर बनाएको उल्लेख छ।

सामुहिक भावना र सहकार्यको मर्मलाई वेवास्ता गर्दै एकलौटी ढंगबाट निर्णय गरिनु अधिकारको मनोमानी हो भन्ने हाम्रो ठम्याई छ । सन्जालले देशलाई आत्मनिर्भर बनाउन, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, नवीनतम् प्रविधिको खोज र अनुसन्धान गर्दै देशको कला, संस्कृति तथा पर्यटनको बिकास गर्न यस क्षेत्रका व्यवसायिक संघ-संस्थाहरुले लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी र व्यापार मेलाहरु मार्फत थालनी गरेको प्रयासलाई मूर्त रुप दिने उदेश्यका साथ बुटवल मण्डपको स्थापना भएको स्मरण गराउदै बुटवलमा स्थायी प्रदर्शनी स्थल निर्माणका लागि आवश्यक अध्ययन, जग्गा प्राप्ति र भौतिक संरचना निर्माणमा नेपाल सरकार, बुटवल नगरपालिका यस क्षेत्रका व्यवसायिक संघ–संस्था, सँगसँगै विभिन्न राजनैतिक दल तथा नेताहरुको योगदान महत्वपूर्ण रहेको कुरा भुल्न नहुने जनाएको छ।

बुटवलको एतिहासिक महत्वलाई नै अवमूल्यन गर्दै स्थापित राजनैतिक नेतृत्वलाई समेत बिवादमा ल्याउने गरी नामाकरण गरिनु आफैमा दुःखद छ भएको भन्दै सन्जालद्धारा जारी विज्ञप्तीमा बुटवलको ऐतिहासिक गौरव, आस्था र अन्तर्राष्ट्रिय पहिचानको आधार स्तम्भको रुपमा स्थापित बुटवल मण्डपको नाम संशोधन फिर्ता लिई आम सर्वसाधारण र व्यवसायिक संघ संस्थाहरुको भावनाको कदर गर्दै एतिहासिक र स्थापित नाम बुटवल मण्डप नै कायम गर्न आग्रह गर्दछौं भनिएको छ।

आईतवार सम्पन्न सञ्जालको बैठकमा यस क्षेत्रमा क्रियाशिल बिभिन्न २१ वटा ब्यवसायीक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको बैठकका अध्यक्षता गरेका नेपाल उद्योग परिसंघका लुम्विनी प्रदेश अध्यक्ष एजाज आलमले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।