२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022


काठमाडौं ।  सेयर बजार साताकाे पहिलाे दिन आइतबार हरियाली छाएकाे छ । आइतबार ५७.६१ अंकको बढोत्तरीका साथ बजारमा हरियाली छाएको हो। योसँगै नेप्से परिसूचक २०८६.३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १०.२२ अंकले बढेर ३९८.८४ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

Advertisement

 बजार जानकार महेश रिजाल आइतबारको बढाइले बजार लगभग सुधारमा फर्किएको भन्न सकिने बताउँछन्। ‘लगानीकर्तामा मौद्रिक नीति केही लचिलो आउन सक्ने र बजार २५०० को विन्दुसम्म पुग्न सक्ने मनोविज्ञानका कारण बजार बढेको देखिन्छ’, उनले भने, ‘केही दिनदेखि भोलुमले पनि साथ दिएको छ।’

सक्रिय लगानीकर्ता मोनिका थापा बजार जसरी घटेको थियो, त्यसरी नै बढेको बताउँछिन्। ‘खासगरी बजारमा ४–१२ को डरले र अझै सस्तोमा सेयर पाइन्छ भन्ने मनोविज्ञानले बजार घटेको थियो’, उनले भने, ‘तर, आज आएर पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताहरुले आक्रमक ढंगले खरिद गर्दा बजारमा बढोत्तरी आएको छ।’

पछिल्लो समय राष्ट्र बैंक पनि दबाबमा परेकोले मौद्रिक नीतिमा केही न केही सकारात्मक नीति आउन सक्ने लगानीकर्ताको मनोविज्ञानले बजार बढेको थापाको तर्क छ। आइतबार नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ९.३ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ५.६३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.२३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.५ प्रतिशत, विकास बैंक समूहमा ३.३८ प्रतिशत, वित्त समूहमा ४.२१ प्रतिशत, निर्जीवन बिमा समूहमा २.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.९ प्रतिशत, अन्य समूहमा ४.७५ प्रतिशत, लघुवित्त समूहमा ३.१ प्रतिशत, जीवन बीमा समूहमा १.७२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४४ प्रतिशत र लगानी समूहमा ३.५५ प्रतिशतको बढोत्तरी आएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप दिया मास्के भन्छिन्- ‘प्रकाश’ मा सीताकाे क्यारेक्टरले धेरै सिकायाे