ताजा अपडेट »

यी हुन् बुटवलमा मोटरसाइकल चोरी गर्ने १२ युवा

आइतबार, १९ असार २०७९, १७ : ११
4 Shares

बुटवल ।बुटवलमा लामो समयदेखी मोटरसाईकल चोरी गर्ने मुख्य गिरोहलाई प्रहरीले प्रकाउ गरेको छ । दिउँसोमा पार्किङ्ग गरेर राखेका राखेका घर भित्र राखेका मोटरसाईकल दैनिक जसो चोरी गरेर हैरान भएको प्रहरीले शनिबार १२ जनालाई प्रकाउ गरेको हो । उनीहरुले विभिन्न ठाउँमा चोरी गरेर लुकाई छिपाई राखेका ९ बटा मोटरसाईकल समेत वडा प्रहरी कार्यालय बुटबलले फेला पारेको छ ।

बुटबलका विभिन्न ठाउँमा मोटरसाईकल चोरी गरी राप्ती पारी लगेर विक्रि बितरण र्गने गरेको प्रकाउ परेका व्यक्तिबाट खुलेको वडा प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी निरीक्षक पुस्कर सिह ऐरीले बताए । बुटबल आसपासमा मोटरसाईकल चोरी भयो भन्ने सुचना पाएपछि टोली बनाएर खोजतास गर्दै थियाँै यसै क्रममा एउटा सूचनाको आधारमा चोरीमा संलग्नहरु दाङको गढवा गाउपालीका रहेको भन्ने प्रहरीलाई जानाकारी आएपछि प्रहरीले सोही सुचनाको आधारमा गढवा गाउँपालीका ६ मा गएर स्थानीय प्रहरीको सहयोगमा १२ जनालाई प्रकाउ गर्न सफल भएको प्रमुख ऐरीले बताए ।

प्रहरीका अनुसार खोजतलास गदै जादा चोरीमा संग्लनहरु एकआपसमा चोरी गरेर ल्याएका मोटरसाईकल कसरी बिक्रि गर्ने भन्ने बारे चौरमा बसेर छलफल भइरहेका बेला उनीहरु प्रकाउ परेकाहुन प्रकाउ पर्नेमा दाङको गढवा गाउँपालिका ६ बस्ने क्यानोन क्षत्री करण बस्नेत, बरुण कुमाल आन्नद परियार, नसिम धुनिया , आर एस सिह ठकुरी, शिवम यादब, लक्ष्मी बिष्ट र ओसिम पठान रहेका छन गढवा गाउँपालीका बडा नम्बर ५ बस्ने गोपाल चौधरी जिल्ला दाङ लमही उपमहानगरपालीका ३ बस्ने घनश्याम चौधरी राप्ती गाउँपालिका वडा नम्बर ८ बस्ने सुवास चौधरी लाई प्रहरीले प्रकाउ गरेर बुटबल ल्याएको हो ।

उनीहरुको साथबाट चोरी गरेका लु ५६ प रातो कालो रङ्गको २२० सिसिको पल्सर मोटरसाईकल, लु ५१ प ३९४१ नम्बरको निलो रङ्गको २२० सिसिको पल्सर, लु ४९ प ४८६० नम्बरको कालो रङ्गको २०० सिसिको पल्सर, लु २९ प ९२६५ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल, लु ५० प ६४२७ नम्बरको रातो कालो २२० सिसिको मोटरसाईकल, रा ६ प ८५३५ २०० सिसिको एन एक्स रा ५ प ९०७३ नम्बरको मोटरसाईकल, रा ४ प ४६६ नम्बरको निलो कालो पल्सर र नम्बर पिलेट नभएको १ सय ५० सिसिको पल्सर मोटरसाईल समेत फेला पारेको वडा प्रहरी कार्यालय बुटबलका प्रमुख पुस्कर सिह ऐरीले बताए ।

‘हामीलाई बुटबल क्षेत्रमा मोटरसाईकल चोरी गरेर हैरान थियो हामीले केही चोरीका क्लयु पाएका थियो लुम्बिनी प्रदेश प्रहरी प्रमुख नल प्रसाद उपाध्यायको जसरी हुन्छ समाउने भन्ने आदेस थियो इलाका प्रहरी कार्यालय गढवाको सहयोगमा लुकाई राखेका ९ बटा मोटरसाईकल १२ जना चोरीमा संग्लन व्यक्तिलाई समाउन सफल भयौँ ।’–उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।