२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

बच्चा जन्मिनासाथ सबैको कौतुहलताको विषय हुन्छ, ‘के जन्मियो भनेर।’ छोरा जन्मियो भने ल छोरै पाएछ भन्ने हुन्छ । सुन्नेले र सुनाउने पनि ल ‘छोरै जन्मिएछ नि’ भनेर अलिक बढी नै उत्साहका साथ भन्ने गर्छन् । मानौं छोरा जन्मिएको माहौलमा अलि धेरै नै रौनकता छाएको छ । त्यस्तै रौनकता छोरी जन्मिएको बेला अलिक कम नै देखिन्छ ।

Advertisement

‘ल लक्ष्मी भित्रिइन्, अब लक्ष्मीको आगमन भयो ।’ कताकता मनको कुनामा अर्काको घर पठाउनुपर्छ भन्ने मानसिकताले छोएको पो हो कि भन्ने भान हुन्छ । छोरा जन्मिएपछि हुने रमझमको छैंटी र छोरी जन्मिएपछिको छैंटीमा पनि भिन्नता देखिन्छ ।

छोरीको धेरै माया लाग्दा–लाग्दै पनि खै के ले अवरोध गर्छ ? माया सार्है गर्छ्न छोरीलाई तर, छोरालाई जस्तोगरी खुलेर लगानी गर्न भने सक्दैनन् अभिभावकले । छोरा–छोरी बराबरी भने पनि कतै न कतै छोरालाई जत्तिकै लगानी छोरीमा अलिक कम नै हुन्छ । लालन–पालनदेखि पढाई सबैकुरा राम्रो हुन्छ । जुन घरमा छोरी हुन्छिन्, त्यो घरनै झल–मल्ल हुन्छ ।

प्रकृतिको सुन्दर रचना छोरी । छोरीले गर्दा घर उज्यालो हुन्छ, कति सीप,कति जाँगर ? जन्मेको दिनदेखि अलिकति काम गर्न जान्ने भएदेखि नै नानी भाई– बहिनीको हेरचाह गर । हेर भाई भोकायो खान देऊ । भाइको लुगा धोइँदेउ । भाडा माँझ, कुचो लगाउ, भाइलाई गृहकार्य पनि गराउ है । यस्तै संस्कार र परिवेशमा हुर्कँदै गर्दा नजानिँदो तरिकाबाट तालिम लिएकी उनीमा घरको जिम्मेवारीले छपक्कै छोप्छ ।

देख्दा लगभग उस्तै देखिने २ वर्षको अन्तरका दिदी भाईमा भाई चाहिँ जहिले नजान्ने नसक्ने भएरै हुर्कियो भने दिदीलाई सम्पूर्ण घरको जिम्मेवारी आइलाग्यो । मानांै कि उनले जन्मदै सबै काम गर्नुपर्ने जिम्मा नै लिएर जन्मेकी हुन् ।भाइलाई पनि यो काम दिदीको नै हो । मेरो सबै काम दिदीले गरिदिनुपर्छ,भन्ने हुन्छ अथवा यस्ता घरका साना–तिना काम दिदीले नै गर्नुपर्छ भन्ने हुन्छ ।

जति–जति छोरी बढ्दै जान्छिन् , त्यति–त्यति आमा बाबुको मन बेचैनी हुन्छ । कस्तो घरमा पर्ली ,छोरीले दुःख पाउने हो कि? राम्रो सम्पन्न घरमा दिन पाए त हुने । यहीँ पिरलो हुन्छ । ‘हेर है छोरी तिमी आफ्नो खुट्टामा आँफै उभिन सक्नुपर्छ । तिमी आत्मनिर्भर भएपछि मात्रै तिमीले विवाह गर्नुपर्छ है ।’ बरु भन तिम्रो इच्छा के छ, के पढ्छौं? कुन सीप सिक्न मन छ भन । जसरी हुन्छ तिमी सक्षम हुनुपर्छ है ।’ यस्तो भने हुँदैन ।

हुर्केकी छोरी चारैतिरबाट विवाहको कुरा आउँछ । एउटा राम्रो सप्पन्न घर आमाबाबुको रोजाइमा पर्छ । विवाहको बेला आउँछ । जति धेरै सम्पत्ति भएको घर छ, त्यति नै धेरै खर्च गरि छोरीको विवाह गरिदिनु पर्ने हुन्छ। देख्दा राम्रो प्रशस्त सम्पत्ति, यति राम्रो घर त छोड्नु हुन्न । ऋण,धन गरेर जसरी हुन्छ छोरीको राम्रो घरमा विवाह गरिदिनु पर्यो । छोरीको भविष्यको कुरा छ ।

जसरी हुन्छ धुमधामले छोरीको विवाह हुन्छ। हल्दी मेहेन्दी नाचगान कुनै कमी हुँदैन बिहेमा । कतै कुनै कमी हुने हो कि,इज्जत जाने हो कि,हाम्रो कारणले कतै छोरीलाई हेला पो गरिदिने हुन् कि ? हामी केटी तर्फका केटातर्फका अघि झुक्नुपर्छ , भन्ने कुरामा धेरै नै सतर्कता अपनाउँदै कन्यादान हुन्छ । ‘मारे पाप पाले पूण्य’ भन्दै छोरीको कन्यादान हुन्छ। ‘मारे मार्छु, पाले पूण्य’ कसैले भन्दैनन् छोरी दिँदा । हर्ष र विस्मातको दोधारमा आफ्नो प्यारो जन्मघरबाट रुँदै विदा हुन्छिन छोरी ।

ऋण गरेर भए पनि अब राम्रो सप्पन्न घरमा छोरी दिएपछि आमा–बाबुको ठूलो जिम्मेवारी पूरा हुन्छ । अब ढुक्क भैयो छोरीको घरबार भो । ‘अब सकियो छोरीको जिम्मेवारी । छोराहरूको त के पिर भो र आफ्नो इलम गरेकै छन् । छोरी जिम्मा लगाइयो ।’ आमा–बा माइती ढुक्क ।

यति गरेपछि गर खा भनेजस्तो गरि आफ्नै कोखको सन्तानलाई पराई बनाइदिन्छ्न् । अनि भित्राउनेले पनि घरसम्हाल्ने पाको कर्मचारी आएको जस्तोगरी जिम्मेवारीको सबै बोझ टाउकोमा थुपारिदिन्छ्न्। ‘ठूलो र सम्पन्न परिवारमा दिएपछि दुःख हुने त कुरै भएन घरकालाई रिझाउने घर गर्ने खाने “ यहीँ दवाब हुन्छ माइतीको । अलिअली जान्ने भएदेखी माइतिको स्याहार–सुसार गर्दै हुर्केकी छोरीले अब पनि नयाँ घरमा अझ धेरै मिहिनेत गरि घरकालाई रिझाएर बस्नुपर्ने भो ।

नयाँ घर,नयाँ परिवेश अनि नयाँ अनुहारहरूसँग सुरु भयो छोरीको नयाँ जीवन । नयाँ रहनसहन परिवारको जिम्मेवार सबै कुरा आफ्नो टाउकोमाथि आइलाग्यो । सबै कुराहरू नयाँ घरकै निर्देशनमा गर्नुपर्यो । केही गडबड हुने होकि भनी डर उत्तिकै । एक, दुई दिन माइतीमा बस्दा पनि के भन्ने हुन भन्ने डर । बुवाआमाले दिएको घरमै सुरु भयो डर र जिम्मेवारीको जीवन ।

कहिलेकाहीँ माइतीमा आउँदा ‘छोरी कति दिनको विदा मागेर आएकी छौं ?’ यहीँ हुन्छ पहिलो प्रश्न । यो हुँदैन कि ‘तिमी खुशी छौ कि नाई ?’ तिम्रो मनको कुरा भन । केही परे हामी छौ भन । यदि आफ्नो समस्या छोरीले सुनाइन् भनेपनि ‘त्यहीँ हो छोरी तिम्रो घर जाऊ । सहनुपर्छ के गर्ने छोरीको जीवन यस्तै हो।’

उल्टै भन्छन्, ‘त्यसरी धुमधामले बिवाह गरेर ठूलो घरमा दिएको । समाजले के भन्ला । इज्जतको डर छ । जे भए पनि घर छोडनु हुँदैन है । तिम्रो बिहेको ऋण अझै तिरेर सकिएको छैन।’ यो सुन्दा छोरीको मन नराम्रो हुन्छ । मलाई ठूलो घरमा दिँदा आमा बाबालाई परेको समस्या छँदैछ । त्यसमाथि मेरो दुःख सुनाउँदा त झन् कस्तो होला ? भनेर चुपचाप सहने छोरी कता जाने ? घरमा धेरै गार्हाे माइतीमा जाने कुरै भएन । न बस्ने ठाउँ छ ? न त जाने ठाउँ नै छ !

छोरीले दुःखका कुरा बोकेर आउछे कि भन्ने पिर बाबुआमालाई । फेरि छोरीलाई संरक्षण गर्दा आफुलाई बुढेसकालमा स्याहार गर्ने छोरा बुहारी रिसाउने पो हुन कि भन्ने डर ।

‘छोरीले राम्रोसँग घर गरेर खाए हुन्थ्यो । घरका सबैलाई रिझाएर बसे हुन्थ्यो त्यत्रो सम्पत्ति छ ।’ यहीँ हुन्छ कुरा माइतीको । जब छोरी मारिन्छिन् अथवा आत्महत्या गर्छिन् अनि छाती पिटी–पिटी रुन्छ्न् । तर, के गर्नु त्यसको भाग्यमा त्यस्तै रहेछ । अनि मन बुझाउछन् भाग्यलाई दोष दिँदै ।आमाबाबुले अन्माएर पठाएको घरमा नै मारिएको अवस्थामा भेटिन्छ्न् छोरीहरु । धेरै चेलीहरूले आत्महत्या गरेका छ्न् । जिउँदै मरेकाको त कुनै लेखा-जोखा नै छैन्।

‘केही पर्यो भने आऊ है छोरी तिम्रो लागि हामी छौँ । अरुको घरमा पठाएपनि तिमीलाई दुःख पर्दा आऊ’ माइतीले भन्न सक्नुपर्यो । नसकी–नसकी धेरै खर्च गरेर धनीको घरमा छोरी नदिनु । विवाहमा गर्ने खर्चको बजेटले छोरीलाई आत्मनिर्भर बन्नुपर्छ भनेर हौसला दिनु । आत्मनिर्भर गराउनु छोरीलाई । अति भयो महिला हिंसा । धेरै छोरीहरूको निर्मम तरिकाले हत्या भएको छ । यो किन भैरहेको छ, त्यतातिर पनि ध्यान दिने कि ? कमसेकम छोरीलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिऊँ । ठूलो घर र सम्पत्तिसँग छोरीको भविष्य नजोडौँ । आत्मनिर्भर बनाइदिनुभयो भने छोरीहरूले आफ्नो भविष्य आँफै सुनिश्चित गर्न सक्छन्।

जसरी छोराहरूलाई लगानी गर्नुहुन्छ । केही गर्छु भन्दा स्वतन्त्र छाडिदिनुहुन्छ । जसरी छोराले कमाउने नहुँदासम्म विवाहको कुरा गर्नुहुन्न । ठिक त्यसरी नै छोरीलाई विवाहको लागि तयार बनाउनु भन्दा पहिला आत्ननिर्भर बनाउनतर्फ जोड दिनुहोस् । अरूको सम्पत्ति हेरेर होइन आत्मनिर्भर बनाएर छोरीको इच्छा अनुसार विवाह गराइदिनुहोस् । आफ्नो आत्मसम्मानका साथ बाँच्न सक्ने छोरी बनाउनुहोस् । ता कि कसैले पनि हेप्ने हिम्मत गर्न नसकोस् ।

‘छोरा–छोरी बराबरी’, ‘सन्तान इश्वरका वरदान’ जस्ता नारा सुन्दै आएका छौं। तर, व्यवहारमा छोरीहरु सधैं पछाडि,कमजोर र आश्रितका रुपमा हेरिने गरेको छ । उनीहरुलाई सिमित प्रयोजन र, बोझको रुपमा लिने गरिएको छ । श्रृष्टिको सिर्जना वंश धान्न र जीवनयात्रा गर्न एउटै रथका पाङ्ग्रा मानिने नारी कसरी बोझ, कसरी कमजोर,किन बोझ ? र, पनि छोरी भएर जन्मिनु विडम्बना हो ?

प्रतिकृया दिनुहोस्

Flash News

बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप