ताजा अपडेट »

पटौटीमा वृहत स्वास्थ्य परिक्षण शिविर, ५ सय बढी लाभान्वित

सोमबार, २१ माघ २०७५, १७ : ३७
10 Shares

माघ २१,

बुटवल । रोटरी क्लब अफ बुटबल र इनरब्हिल क्लब अफ बुटबलको आयोजना तथा पटौटी रूपन्देही सम्पर्क समाज र पटौटी स्वास्थ्य चौकीको सहआयोजनामा पटौटी स्वास्थ्य चौकीमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । अर्घाखाचीको पाणिनी गाउँपालिका ४ पटौटीमा सनिवार भएको उक्त कार्यक्रमवाट स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धित जनचेतना तथा परीक्षण शिविरमा ५ सय भन्दा वढि स्थानीय लाभान्वित भएका छन ।

शिविरमा गाउँपालिकाका ४ सय ६५ जना महिला र ४५ जना पुरुषले स्वास्थ्य परिक्षण गराएका थिए । सात जना चिकित्सक सहितको ११ जनाको स्वाथ्यकर्मिको टोली स्वास्थ शिविरमा खटेका थिए ।डा मनोहर जोशीको नेतृत्वमा डा दिल कुमारी लिम्वु, डा मिलन थापा, डा सुरुची गिरी, डा सिमा खत्री, डा सरिता श्रेष्ठ, डा सर्मिला शर्माले विरामीको चेकजाच गरेका थिए । नेपाल परिवार नियोजन संघ बुटवल शाखाबाट प्राविधिकहरु शुष्मा घिमिरे सालिकराम घिमिरे, शुष्मा श्रेष्ठले खटिएका थिए । भने फर्मासिष्ट उमेश शर्मा शिविरमा खटिएका थिए ।

शिविरमा आएका मध्ये पाठेघरको क्यान्सर भएको आशंकामा ५ जना, स्तन क्यान्सरको सम्भावना भएका ७ जना र अन्य १० जना विरामीलाई अस्पताल रिफर गरिएको थियो । शिविरमा ४ सय ६५ जना महिला र ४५ जना पुरुषको स्वास्थ्य चेकजाच गरी १ लाख ३५ हजार भन्दा वढिको औषधी निशुल्क रुपमा वितरण गरिएको कार्यक्रम संयोजक रोटरीयन डा मनोहर जोशीले जानकारी दिए । शिविरमा चेकजाच गराउन आउने अधिकांश महिलाको तल्लोपेट दुख्ने र सेतोपानी बग्ने समस्या देखिएको चिकित्सकहरुले बताएका छन ।

स्वास्थ्य शिविरको पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मि गौतमले उद्घाटन गर्दे शिविर संचान गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दे ग्रामिण क्षेत्रमा शिविर संचालन गर्दा धेरै जना लाभन्वित हुने बताईन ।

कार्यक्रममा रोटरी क्लव बुटबलका अध्यक्ष डा नारायण प्रसाद पन्थ, इनरब्हिल क्लब अफ बुटवलका अध्यक्ष मुना जोशी, पटौटी रूपन्देही समपर्क समाजका संरक्षक यादप घिमिरे, अध्यक्ष धर्मराज घिमिरे, समाजसेवी श्यामनाथ काश्यप, नारायणहरि घिमिरे, ईश्वरी घिमिरे, शालिकराम घिमिरे, लगायले स्वाथ्य शिविर प्रभावकारी भएको बताएका थिए ।

कार्यक्रम वडा अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता, पटौटी स्वास्थ्य चौकीका ईन्चार्ज गणेश घिमिरेको स्वागत र पटौटी रूपन्देही सम्पर्क समाजका सचिव ठाकुर घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो । रोटरी क्वल अफ बुटवलको १२४५औ नियमित वैठक पनि पटौटीमा वसेको छ । अध्यक्ष डा नारायण प्रसाद पन्थले ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर संचालन गरी विरामीको उपचार गराउन पाउदा खुसी लागेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।