ताजा अपडेट »

बुटवलबाट मोटरसाइकल चोरी गर्ने गिरोहका १२ जनालाई थप अनुसन्धानका लागि म्याद थपकाे तयारी

आइतबार, १९ असार २०७९, ०८ : ४७
8 Shares

बुटवल । रुपन्देहीका बुटवल तथा विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने गिरोहका १२ जनालाई दाङबाट पक्राउ गरी बुटवल ल्याइएको छ । यहाँका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी दाङका विभिन्न ठाउँमा लगेर अवैध कारोबार गर्ने उनीहरुलाई वडा प्रहरी कार्यालय बुटवल रामनगरबाट गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा पक्राउ गरेको थियो ।

पक्राउ परेका दाङ गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षकै विक्रम बस्नेत, १६ वर्षीय रतन बस्नेत, १६ वर्षकै नसिब अहमद, १५ वर्षीय वरुण कुमाल, १९ वर्षीय अनिल सिंह ठकुरी, १९ वर्षकै लक्ष्मण बिस्ट र लमही नगरपालिका ५ का १९ वर्षीय बसीयम सिंह ठकुरी र अन्य ३ जना रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा राख्न आज म्याद थपको तयारी भएको वडा प्रहरी कार्यालय बुटवल रामनगरले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले ९ वटा मोटरसाइकल तथा एउटा हेलमेट पक्राउ गरेको थियो । उनीहरूले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई विभिन्न गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।