ताजा अपडेट »

स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला: रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी

शनिबार, १८ असार २०७९, १३ : २६
4 Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिवार विशेष भेला सुरु भएको छ ।

ललितपुरकाे हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखी काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ ।

यस्तै, बनेपाका मेयरका उम्मेदवार राजानन्द माण्डपका अनुसार  ललितपुरस्थित बैठकमा संघीय निर्वाचनका आकंक्षीहरूको सामुहिक प्रयत्नका बारेमा छलफल हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।