ताजा अपडेट »

ब्राउन सुगरसहित युवक र युवती पक्राउ

शुक्रबार, १७ असार २०७९, २२ : ५९
2 Shares

जनकपुरधाम । लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक युवक र एक युवती रहेका छन् ।

सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीय आरिफ हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।

उनीहरुको साथबाट ब्राउन सुगर १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलि ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

दुबैलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापा चोकबाट पक्राउ गरिएको हो । सँगै हिँडिरहेका उनीहरूमाथि शंका लागेर शरीर खानतलाशी गर्दा ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ ।

दुबै जनाबिरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।- न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।