२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

लण्डन । नेपाल लगानी वोर्डले सन् २०३० सम्म २ हजार किलोमिटर रेल र १५ हजार मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ। 

Advertisement

नेपाली दूतावास लण्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा बिहीबार लण्डनमा आयोजित नेपालमा लगानी सम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी निर्देशक शुशील भट्टले भने“नेपाल लगानीका लागि उपयुक्त मुलुक हो।” 

नेपालले अहिले भारतलाई बिजुली बेच्न थालिसकेको बताउँदै भारत र बंगलादेश विद्युत निर्यातको लागि ठूलो बजार रहेको बताए। उनले नेपालमा यातायता, सडक, कृषि, आइटी तथा उत्पादन क्षेत्रमा लगानीको लागि गर्न आग्रह गरे। 

नेपाल लगानी बोर्डले आगामी  १० वर्षभित्र नेपालमा ५ वटा अन्तराष्ट्रिय विमानस्थल, र वार्षिक ५ मिलियन पर्यटन भित्राउने लक्ष लिएको जनाएको छ। 

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले नेपालमा संविधान बने पछि राजनैतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा लगानीको लागि प्रशस्त सम्भवना रहेको बताए । उनले नेपाल महाभूकम्पका कारणले भएको क्षतिबाट माथि उठेर अब आर्थिक संमृद्धिको दिशामा अघि बढेको बताए ।


कार्यक्रममा आन्तरिक व्यापार विभागका मेनिफ्याक्चिङ इनर्जी एन्ड इन्फास्ट्रक्चरका निर्देशक रोडनी ब्राकलीले नेपालमा आफ्नो लगानीको लागि अनुभव सुनाउदै लगानीको लागि आग्रह गरे । उनले लगानीबाट प्राप्त हुने मुनाफामा दोहोरो कर प्रणाली खारेज हुनु पर्नेमा जोड दिए । 

कार्यक्रममा ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका प्रमुख राजेश हिमानीले  नेपालमा लगानीका चुनौतिको बारेमा चर्चा गरेका थिए । 
कार्यक्रममा लगानी बोर्डका सहसचिव अमृत लम्साल र उपसचिव रमेश अधिकारीले नेपालमा लगानीका सम्भवनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै लगानी बोर्डले लगानीकर्तासंग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए । 

कार्यक्रममा डोल्मा एम्प्याक्ट फण्डकासंस्थापक कार्यकारी अधिकृत टिम गोचरले  नेपाल लगानीको लागि प्रसस्त सम्भवाना हरेको मुलुक भएको बताउँदै उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा लगानीको क्षेत्रमा सामान्य चुनौति रहे पनि प्रतिफल प्राप्त हुनेमा ढुक्क हुन आग्रह गरे।  उनले लगानीका लागि नेपाल विश्वकै सबैभन्दा आकर्षक गन्तव्य  भएको बताए ।

सम्मेलनलाई सम्बोधन गदै  गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरुले हाइड्रो, बैंकिङ, स्वास्थ्य क्षेत्रमा लगानी गरेको चर्चा गर्दै संघले नेपाल सरकारसंग सहकार्य गर्दै काम गरिरहेको जानकारी दिए । उनले नेपाल लगानीको लागि ‘भर्जिनल्याण्ड’ भएको बताए । 

नेपाली दुतवास लण्डनकी उप्रमुख रोशन खनालले संचालन गरेको कार्यक्रममा ब्रिटिस नेपाल चेम्बर अफ कर्मका उपाध्यक्ष विराज भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बेलायतस्थित नेपाली व्यवसायी, लगानीकर्ता, पत्रकार समाजसेवी लगायतको बाक्लो उपस्थित थियो ।-न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

साउदीबाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाड्नु पर्ने बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण