ताजा अपडेट »

नेप्सेमा सामान्य अंकले गिरावट

शुक्रबार, १७ असार २०७९, २१ : १४
4 Shares

काठमाडौं। शुक्रबार दुई घण्टाका लागि खुलेको बजारमा नेप्से सूचक सामान्य अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जकाक अनुसार यस दिन नेप्से सूचक ८.८७ अंकले घट्दै २ हजार २८.७७ अंकमा झरेको हो ।

अघिल्लो दिन यस्तो सूचक एकैदिन ७४ अंकमाथिले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको थियो । आज फाइनान्स र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन्।

आज ८ अंक माथिले घटेको बजारमा  १ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।