२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनले  असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए।

Advertisement

शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए ।

राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै कतिपयले निर्वाचन आयोगमा उजुरी समेत दिएका थिए । लामिछानेले आयोगमा दल औपचारिकरुपमा दर्ता भएसँगै अब जनताको बीचमा जाने बताए।

‘राजनीतिक दल दर्ता भएको छ। अब जनताको बीचमा जानुपर्ने हुन्छ,’ आयोग परिषरमा उनले भने, ‘हामीले थोरै कुरा मात्रै भन्न पाएका छौं । अब हामी पार्टी निर्माण गर्न जनतामा जान्छौं र आफ्ना कुरा भन्दै जान्छौं ।’राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जनाको केन्द्रीय समिति रहेको छ । समितिमा रहेका नाम अब औपचारिकरुपमा सार्वजनिक गरिने लामिछानेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

Flash News

देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप दिया मास्के भन्छिन्- ‘प्रकाश’ मा सीताकाे क्यारेक्टरले धेरै सिकायाे