ताजा अपडेट »

पाल्पामा टिपर दुर्घटना, १ जना घाइते

शुक्रबार, १७ असार २०७९, १५ : ४३
4 Shares

बुटवल । पाल्पामा टिपर दुर्घटनामा हुँदा १ जना घाइते भएका छन् । शुक्रबार दिउँसो गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु २ ख १३५२ नम्बरको टिपर पाल्पाको तानसेन नगरपालिका–१४, कमलपोखरी भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाबाट टिपरका चालक गुल्मी छत्रकोट गाउँपालिका–२ का ३० वर्षीय शंकर पन्थ घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता विरेन्द्र थापाले ग्लोबल आवाजलाई जानकारी दिए ।

लगातारको वर्षाका कारण टिपर चिफलेर टिपर सडकबाट ३०० मिटर तल खसेको उनले जानकारी दिए । घाइते पन्थको मिशन अस्पतालमा पाल्पामा उपचार भइरहेको छ । उनी खतरा मुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।