२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

काठमाडौं ।  लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो । 

Advertisement

२०७४ मा ओलीसँग आफूलाई चलचित्र विकास बोर्ड अध्यक्ष बनाउन आग्रह गरे। ओलीले हेरौँला भन्ने जवाफ दिए । भुवन केसी एमालेमा माधव नेपालनिकट भएकाले पनि ओलीले उनीप्रति खासै चासो देखाएनन् । त्यसपछि विरक्तिएका भुवन बोर्ड अध्यक्ष बन्ने सर्तमा कांग्रेस प्रवेश गरे । बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा प्रवेश गराए । 

गत २३ जेठ दयाराम दाहाल दुई वर्षे कार्यकाल पूरा गरी हटेपछि विकास बोर्ड अध्यक्ष खाली भएपछि ५ असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । २० असारभित्र दरखास्त बुझाइसक्नुपर्ने छ । तर, भुवनले शुक्रबार दरखास्त हाल्ने तयारी गरेका छन् । 

विकास बोर्डको अध्यक्ष बन्नका लागि ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड छ । तर, भुवन गत असोजदेखि ६५ पूरा भई ६६ वर्षमा प्रवेश गरेका छन् । विकिपिडियामा उनको जन्ममिति फरक फरक देखिन्छ, २०१३ असोज २ र २०१४ असार १६ गते उल्लेख छ । तर, उनले आफ्नो जन्मदिन असोज २ गते मनाउने गरेकाले २०१३ सालमै जन्मिएको अनुमान लगाउन सकिन्छ ।  

आफ्नो उमेर कट्ने भएपछि भुवन केसी केही दिनअघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । उनले यो आफ्नो राजनीतिक नियुक्ति हुने भएकाले सहयोग गर्न प्रचण्ड आग्रह गरे । 

सञ्चार मन्त्रालयले मागेका दरखास्त आह्वानको विज्ञापनमा शैक्षिक योग्यता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको वा सम्बन्धित् क्षेत्रमा १० वर्षभन्दा बढी अनुभव भएको हुनुपर्ने उल्लेख छ । सोहीअनुसार भुवनले केही दिनअघि रत्नराज्य क्याम्पसबाट प्रमाणपत्र तहको क्यारेक्टर सर्टिफिकेट निकालेका थिए । 

सरकारी बोर्ड वा संस्थानको कार्यकारी पदका लागि स्नातक तह उत्तीर्ण अनिवार्य मानिन्छ । तर, भुवनका लागि सञ्चार मन्त्रालयले मापदण्ड संशोधन गरेकाले यो नियुक्ति खारेज गर्न सर्वाेच्च अदालतमा निवेदन दिने केही चलचित्रकर्मीले तयारी गरेका छन् । हालै नेपाल आयल निगमको सञ्चालक समिति सदस्य स्नातक तह उत्तीर्ण नभएको  व्यक्ति नियुक्त भएपछि परेको रिटमा सुनुवाइ गर्दै सर्वाेच्च अदालतले उनको नियुक्ति खारेज गरेको नजिर छ । 

भुवन केसी आफैंमा विवादित पात्र हुन् । उनले दुईवटा विवाह गरे, तर दुवै असफल भए । जेठी श्रीमती विजया केसी र उनबाट जन्मिएका सन्तान विवेक केसी र काजल केसी अमेरिकामा छन् । 

कान्छी श्रीमती सुस्मिताले पनि भुवनसँग सम्बन्धविच्छेद गरिसकेकी छन् । अहिले उनी अभिनेत्री जिया केसीसँग लिभिङ टुगेदरमा छन् । बेलाबेलामा महिलासँग नाम जोडेर चर्चामा आउने भुवनविरुद्ध अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको यौन दुर्व्यवहारको मुद्दामा अदालतमा विचाराधीन छ । भुवनविरुद्ध तीन महिलाले  ‘मि टू’ प्रकरण बाहिर ल्याउने तयारी गरेको नाम उल्लेख नगर्ने सर्तमा एक चलचित्रकर्मीले न्युज कारखानालाई बताए ।

यिनै विविध कारणले पनि भुवनले विकास बोर्ड अध्यक्षका लागि अन्तिमतिर दरखास्त हाल्ने तयारी गरेका हुन् ।  

विकास बोर्ड अध्यक्षका लागि अहिलेसम्म सम्झना उप्रेती रौनियार, अरुण प्रधान, सुशील पोखरेलले दरखास्त हालेका छन् । आजै निर्माता निर्देशक नरेश पौडेलले पनि दरखास्त दिने तयारी गरेका छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप