ताजा अपडेट »

घुस रकमसहित अदालतका कर्मचारी अख्तियारको फन्दामा

शुक्रबार, १७ असार २०७९, ०८ : ३६
4 Shares

बुटवल । गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) लाई घुससहित नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले बताएको छ।

१५ हजार घुससहित तहसिलदार रामचन्द्र केसीलाई बिहीबार गोरखा अदालत नजिकै एक होटलबाट नियन्त्रणमा लिएको कार्यालय स्रोतको भनाइ छ।

काम मिलाइदिने भन्दै सेवाग्राहीसँग केसीले घुस लिएको र उनलाई रंगेहात पक्राउ गरिएको दाबी अख्तियारको छ। उनलाई बिहीबार बेलुकी नै पोखरा लगिएको छ। घटना बारे थप अनुसन्धान प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।