ताजा अपडेट »

५ वर्षीया बालिका बलात्कृत, १६ वर्षीय किशोर पक्राउ

विहीबार, १६ असार २०७९, २१ : ०१
8 Shares

खोटाङ । खोटाङमा ५ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय पक्राउ परेका छन् । बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका १६ वर्षीय पक्राउ परेका हुन् । 

उनी बालक नै रहेका कारण नाम नखुलाइएको प्रहरीले जनाएको छ । उनले सोही गाउँकी ५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिका आफ्नै घरमा खेलिरहेका वेला ललाईफकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाकी आमाले देखेपछि बालक फरार भएका थिए । परिवारले प्रहरीलाई खबर गर्नासाथ गएको बाक्सिला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहीबार बिहान २ बजे राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।-न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।