ताजा अपडेट »

नेकपाको सपथ ग्रहण, राम्रा कामबारे सूचित गर्न आग्रह

सोमबार, २१ माघ २०७५, १३ : २३
8 Shares


माघ २१,
बुटवल । नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा.) बुटवल –१६ को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष रामराजा तिवारी, सचिव कृष्ण शर्मा पौडेल गरी ३५ सदस्यीय समितिका सम्पूर्ण सदस्यलाई ने.क.पा.प्रदेश न.५ कि सदस्य तथा कार्यक्रम को प्रमुख अतिथि रिज्जु श्रेष्ठले सामुहिक सपथ ग्रहण गराएकी थिइन ।

सो अवसरमा उनले सरकारको “ समृद्ध नेपाल,सुखी नेपाली’’ नारामा हातमा–हात मिलाएर अगाडी बढ्न सुझावसँगै शुभकामना दिइन् । सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रवक्ता तथा वडा न.१६ का वडाध्यक्ष राम प्रसाद रेग्मीले नेपाल कम्युनिष्ट पार्टी अहिले जनताको आशाको धरोहर रहेको र कोही कसैले पनि आफ्नो व्यक्तिगत स्वार्थलाई नहेरी निस्वार्थरुपमा वार्डबासीहरुको सेवामा लाग्न सुझाव दिए ।

उनले पिछडियका वर्ग,दलित तथा मधेशी सबैले समान हक,अधिकार र अवसर पाउनु पर्ने बताए । उनले नगर तथा स्थानीय तहका सुनौला योजनाको बिषयमा जनतालाई थाहा नभएको हँदा सम्पूर्ण वार्ड कमिटिका सदस्यहरुलाई यसको प्रचारमा लाग्नु पर्ने सुझाब दिदै शुभकामना पनि दिए । नगर कमिटि सदस्य टेकनारायण काफ्लेको अधक्ष्यता रहेको उक्त कार्यक्रममा नगर कमिटि सचिब नारायण बन्जाडे,ममता पौडेल लगाएतले आफ्नो भनाई राखेका थिए । कार्यक्रम केशव सापकोटाको स्वागत र नगर कमिटि सदस्य गौतम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।