ताजा अपडेट »

धान दिवसमा रोपाइँसँगै विविध सांस्कृतिक कार्यक्रम

विहीबार, १६ असार २०७९, २० : २१
8 Shares

सैनामैना। राष्ट्रिय धान दिवसकाे अवसरमा रूपन्देहीको सैनानामैना १ ब्रह्मा चाेकमा धान राेपाईसँगै मनाेरञ्जनात्मक कार्यक्रम सम्पन्न भएकाे छ । राेट्रयाक्ट क्लव अफ काेटिहवा , युथ फर नेशनलगायत अन्य संघ संस्थाकाे आयोजनामा विभिन्न कलाकारकाे साथ कार्यक्रम भएकाे हाे ।

साे अवसरमा धान राेप्ने र अन्य बिरुवा राेपण गरेकाे राेट्रयाक्ट क्लव अफ काेटिहवाका अध्यक्ष अमन थापाले जानकारी दिए । उनले असार १५ कृषकका लागि दिवस मात्र नभएर ठुलै उत्सव भएकाे बताउँदै याे क्षेत्रमा युवा वर्गले विशेष ध्यान दिन जरूरी भएकाे बताए । त्यस्तै युथ फर नेशनका अध्यक्ष निक्लाेश भुसालले युवा वर्ग विदेशिने कारण कृषितर्फ काम गर्ने मान्छे पाउन गाह्राे हुँदा याे क्षेत्र साेचेजस्ताे नहुने दुखेसाे पाेखे ।

साथै बालीनाली लगाउँदा कृषकलाई लागत बढी पर्न जाने तर लागतअनुसारकाे परिणाम नआउने समस्याले यसमा युवा वर्ग निरूत्साहित भएकाे औंल्याए। कार्यक्रममा विभिन्न कलाकारले दही चिउराकाे साथमा विविध सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने कार्यक्रममा थुप्रै युवाहरूकाे उत्साहजनक सहभागिता रहेकाे थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।