२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

बुटवल । कान्ति माध्यमिक विद्यालय आयोजनामा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुका लागि दुई दिने प्रविधिकरण कार्यशालाको सुरुवात भएको छ । कार्यक्रम १६ र १७ गते सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमानन्द शर्मा, विशिष्ट अतिथी डा.शालिकराम पौड्याल र शिक्षा तालिम केन्द्र रुपन्देहीका गोपाल बस्यालले संयुक्त रुपमा सरस्वतीको फोटोमा मार्लापण गरि गरे ।

Advertisement

कार्यक्रममा विद्यालयमा अध्यापन हुने विज्ञान, व्यवस्थापन, शिक्षा तथा मानविकी समुहका सबै विषयहरु वर्तमान समयको पाठ्यक्रम अनुसार के कसरी शिक्षण गर्दा बढि प्रभावकारीता रहनुका साथै अपेक्षित उपलब्धिहरु प्राप्त गर्न सकिन्छ भन्ने विषयमा विषयगत विज्ञहरु जानकारीमूलक प्रवोधिकरणमूलक प्रस्तुती गनु हुनेछ । यस कार्यशाला आयोजना गर्नुको औचित्यता र विद्यालयले यसबाट अपेक्षा गरेको परिणामका बारेमा विद्यालयका सहायक प्राचार्य पूर्णभद्र उपाध्यायले जानकारी गराए । विद्यालय लुम्बिनी प्रदेश विद्यालयको नमुना विद्यालय भएकोले पनि परिवर्तित पाठ्यक्रमका बारेमा समय समयमा यस्ता कार्यक्रमहरु गरिरहने बताए।

कार्यशालामा सहजकर्ताका रुपमा त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा. शालिकराम पौड्याल, उपप्रध्यापक डा. उमेशंं न्यौपाने र तालिम केन्द्र रुपन्देहीका विषय विज्ञ गोपाल बस्याल रहेका छन् । विद्यालयले विद्यालयमा अध्यापन हुने सबै विषयका विज्ञबाट कार्यक्रम सम्पन्न गर्नेछ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमानन्द शर्माले विद्यालयले पश्चिम नेपालको प्रज्ञिक उन्नयनमा महत्वपूर्ण योगदान गरिरहेको सन्दर्भमा विद्यालयका शिक्षकहरुमा कुनै प्रकारका पेशागत कमि कमजोरी तथा अन्योलताहरु नरहुन भन्ने उद्देश्यका आधारमा यस प्रकारको कार्यशाला गरिएको बताए ।

विद्यालयले अपेक्षा गरेका उपलब्धिहरु सहज तरिकाले प्राप्त गर्नका लागि यस प्रकारका कार्यशालाहरु महत्वपूर्ण रहने भएकोले आगामी दिनहरुमा पनि यस प्रकारका कार्यक्रमहरु विद्यालयको वार्षिक कार्यक्रम अन्तरगत रहेको कुरालाई विद्यालयका प्रार्चायले बताए । शिक्षण सिकाई प्रक्रिया र प्रविधिमा आएका नविनतम प्रविधि तथा विधिको कक्षाकोठामा समयानुसार प्रयोग गर्नका लागी यस्ता कार्यक्रमहरु निकै प्रभावकारी रहने भएकोले कार्यशालामा सिकेको सिपलाई व्यवहारमा उर्तानका लागि सहायक प्रार्चाय केदारनाथ ज्ञवालीले अनुरोध गरेका थिए ।

बदलिदो पाठ्यक्रम अनुसार सिकारुमैत्री वातावरणमा आधारित रहेर शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन गर्नमा लागि शैक्षिक शत्रको सुरुवातमा यस्तो कार्यक्रम गरिनु महत्वपूर्ण रहेको कुरा शिक्षक प्रतिनीधि खुमराज पौडेलले बताए । कार्यक्रमको उद्घाटन शत्र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमानन्द शर्माको प्रमुख आथित्यता र प्राचार्य गोविन्द ज्ञवालीको अध्यक्षता र सञ्चालन शिक्षक राजेन्द्र पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप दिया मास्के भन्छिन्- ‘प्रकाश’ मा सीताकाे क्यारेक्टरले धेरै सिकायाे