ताजा अपडेट »

पहिरोले पुरिएर १३ वर्षीया रेखाको मृत्यु, एक जना घाइते

विहीबार, १६ असार २०७९, १४ : ४४
4 Shares

 स्याङ्जा । दुई दिनदेखिको अबिरल बर्षाका कारण स्याङ्जाको गल्याङमा १ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ ।

१३ वर्षीया रेखा भट्टराईको पहिरोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना घाइते भएका छन् । घाइते १६ वर्षीय लक्ष्मण भट्टराई  हुन् । गल्याङ नगरपालिका- १०  दुबिनडाँडामा आज बिहान ५ बजे घर पछाडिको ढिस्को भत्किँदा घर सहितको गोठमा समेत क्षति पुगेको छ ।

५ जना परिवार रहेको घरमा तीन जना घर बाहिर रहेको र दुई जना घरमा सुतिरहेको समयमा अकस्मात घरपछाडिको ढिस्को भत्किएको थियो। घाइतेको उपचार  गल्याङ नगर अस्पतालमा भइरहेको छ । साथै गोठमा रहेका २ वटा भैंसी र २ बाख्रा पनि मरेका छन । घर पुुर्ण रुपमा क्षति भएको छ । घर क्षति भएपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।