२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन् । 

६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दुई तिहाइ बहुमत प्राप्त सरकारले पनि काम गर्न नसकेपछि जनतामा निराश छाएको बताए । ‘दुई तिहाइ बहुमतको सरकारले गर्ला भनेको माछा माछा भ्यागुतो भयो । यसकारण जनतामा निराशा छ,’ उनले भने । सनकभरमा संसद भंग गर्दा गैरदलीय उम्मेदवार निर्वाचित हुन थालेको भन्दै उनले संसदलाई जनता र राष्ट्रियताको बहसको थलो बनाउनुपर्ने बताए ।
 
‘कहिलेकाहीँ हाम्रो नेताहरूलाई सनक चल्छ र संसद विघटन गरिदिन्छन् । अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ । स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ? संसद राम्रो चलेन भने यस्तो प्रवृत्ति विकास हुन्छ । सनकको भरमा संसद भंग गर्ने प्रवृत्तिले हो, गैरदलीय प्रवृत्ति अगाडि आएको । यसकारण हामीले संसदलाई जनताको, राष्ट्रियताको बहसकोथलो बनाउन आवश्यक छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप