२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

काठमाडौं । सरकारले स्थापना गरेका विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रहेको छ । 

प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा हाल ३ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । यस्तै, राष्ट्रिय विपद् व्यवस्थापन कोषमा २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । सात वटा प्रदेशमा रहेको प्रदेश विपद् व्यवस्थापन कोषमा कूल ५९ करोड ४४ लाख ९० हजार रुपैयाँ रहेको छ ।देशका सबै ७७ जिल्लामा जिल्ला विपद् व्यवस्थापन कोष रहेका छन् । ७७ वटा जिल्लामा रहेका विपद् व्यवस्थापन कोषमा हाल १ अर्ब ९ करोड ३० हजार रुपैयाँ रहेको छ ।

प्राधिकरणका अनुसार प्रदेश विपद् व्यवस्थापन कोष अन्तर्गत प्रदेश नं.१ मा ४ करोड रुपैयाँ, मधश प्रदेशमा २ करोड ८० लाख ८४ हजार रुपैयाँ, बागमती प्रदेशमा ८ करोड रुपैयाँ, गण्डकी प्रदेशमा ६ करोड रुपैयाँ, लुम्बिनी प्रदेशमा ९ करोड ५० लाख रुपैयाँ, कर्णाली प्रदेशमा ३ करोड १४ लाख ६ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशमा २६ करोड रुपैयाँ रहेको छ । विपद्का घटना हुँदा खोज, उद्धार र राहत कार्यमा खर्च गर्ने उदेश्यले विभिन्न कोषहरु स्थापना गरिएको हो । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप दिया मास्के भन्छिन्- ‘प्रकाश’ मा सीताकाे क्यारेक्टरले धेरै सिकायाे